मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ उत्कृस्ट पाँच मनोनयन सार्वजनिक



तुल्सी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ को उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै ुनेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्न लागिएको हो । तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले आगामी बैशाख पहिलो साता अवार्डको भव्य समारोह राजधानीमा गरिने बताएका छन् ।

अवार्डको ३५ वटा विधाको उत्कृस्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। जुरीहरुको टिमले फर्म भरेका गीतहरु मध्येबाट उत्कृस्ट पाँच सार्वजनिक गरेका हुन्। नेपाली गीत संगीतलाई प्रवर्धन गर्दै नेपाली साँगीतिक क्षेत्रको चलायमान र क्रियाशिलतालाई यस अवार्डले अझ बढाउने आयोजकले बिस्वाश लिएको छ ।

पपुलर तर्फका सबै विधामा प्रत्यक्ष भोटिङ समेत हुने तुल्सी मिडियाले जनाएको छ । यस्तै दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १२ : ३२ बजे