ललितानिवास जग्गा प्रकरण : नेपाल र भट्टराई मन्त्रिपरिषदका निर्णय झिकाउन सर्बोच्चको आदेश



ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध परेको रिटमा सुनुवाई गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । आज न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको इजलासले सुनुवाई गर्दै अख्तियारको निर्णय झिकाउन आदेश दिएको हो ।

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पु¥याउनेहरुमाथि अख्तियारले मुद्दा चलाउँदा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । २०७६ माघ २८ गते दायर रिटमाथि आज सुनुवाई हुँदै सर्वोच्चले निर्णय झिकाउन आदेश दिएको हो । निर्णय झिकाउन आदेश दिएसँसै ललिता निवास जग्गा प्रकरणमा नेपाल र भट्टराई तानिने सम्भावना बढेको छ ।

‘आजको सुनुवाई पछि सर्वोच्च अदालतले माधव नेपाल र बाबुरामभट्टराईले ललितानिवासको जग्गाबारे २०६६ देखि २०६९सालसम्म गरेका ४ निर्णय मगाउने आदेश गरेको छ ।

 

प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार  १० : २२ बजे