माधव नेपाल र भीम रावललाई एमाले अध्यक्ष ओलिले गरे पार्टीबाट निलम्बन



नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओलिले पूर्वमहासचिव माधवकुमार नेपाल र पूर्वउपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका छन ।एमालेको नाममा पार्टी विरोधी फाटोवादी र गुटगत क्रियाकलाप गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अग्रसर देखिएको भन्दै अध्यक्ष ओलीले पार्टी विधानको धारा ४९(ख) बमोजित ६ महिनाका लागि निलम्बन गरेको बताएका छन् ।

पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै साधारण सदस्यबाट नै निलम्बन गरिएको र चित्तबुझ्दो परिस्थिति नदेखिए बीचमै निलम्बनको अवधि थप गर्न सकिने जानकारी गराइएको छ । उनिहरुलाई जुनसुकै बेला थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै सच्चिनका लागि अन्तिम मौका दिइएको र नसच्चिए निलम्बनकै बीचमा थप कारबाही हुने चेतावनी समेत दिइएको छ ।

यस अघिउ महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरण पत्र पठाएका थिए ।ओलीपक्षीय केन्द्रीय सदस्यहरु मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले माधब नेपाल नेपाल सहिता का नेताअहरुलाई पार्टी हित विपरीत गुटगत भेला गरेको लगायतका दर्जनौ आरोप लगाएको थियो ।

प्रकाशित मिति : चैत्र १६, २०७७ सोमबार  १२ : ११ बजे