राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन गरेकी छिन ।
भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गरिएको हो ।
पानी वितरणको औपचारिक उद्घाटन गरेसँगै आजदेखि काठमाडौँका धारा-धारामा मेलम्चीको पानी आउने भएको हो ।
यसअघि एक हप्तासम्म काठमाडौँका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणको परीक्षण भइसकेको छ ।








