मेलम्चीको पानी वितरणको औपचारिक उदघाटन सम्पन्न



राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उदघाटन गरेकी छिन  ।

भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उदघाटन गरिएको हो ।

पानी वितरणको औपचारिक उद्घाटन गरेसँगै आजदेखि काठमाडौँका धारा-धारामा मेलम्चीको पानी आउने भएको हो ।

यसअघि एक हप्तासम्म काठमाडौँका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणको परीक्षण भइसकेको छ ।

 

प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार  ५ : २४ बजे