विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईँ र चुरे संरक्षण समितिमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय



सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । हुमागाईँ सञ्चार क्षेत्रमा लामो समययता सक्रिय छन् ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा . किरण पौडेल नियुक्त भएका छन् । उनी वनविज्ञ हुन् । समितिका सदस्यहरुमा बालकृष्ण कार्की, डा । सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुण नियुक्त भएका छन् ।

प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार  १० : १९ बजे