माधब नेपाल समूहद्वारा एमालेको संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउने घोषणा



एमालेको माधब नेपाल समुहले पार्टी भित्र समानान्तर रूपमा संगठन विस्तार र पार्टी सुदृढीकरण अभियान चलाउने भएको छ।

नेपाल समुहको आजको स्थायी कमिटी बैठकमा गत चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा प्रस्तुत दस्तावेजमाथि आएका सुझावहरुसहित कार्यकर्तामाझ पठाउने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

एमाले ब्युँतिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै कार्यान्वयन गर्न आग्रह गरेको उनले बताए।

त्यस्तै, बैठकले पार्टीको संगठनको शुद्धीकरणका लागि राष्ट्रव्यापी कार्यक्रमको कार्यतालिका भोलि बनाउने उनले बताए ।

प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार  १ : १३ बजे