माधव नेपाल पक्षले घोषणा गर्‍यो दुई महिने अभियान :देशैभरी समानान्तर संगठन विस्तार गरिने



नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीलाइ २०७५ जेठ २ को पार्टी संरचनामा फर्कीन आग्रह गरेको छ ।

नेपाल समुहको हिजो देखी जारी स्थायी कमिटीको आज बसेको बैठकले यस्तो आग्रह गरेको हो ।

बैठकले संगठन विस्तार र पार्टी सुदृढीकरण दुई महिने अभियानको घोषणा समेत गरेको गरेको बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले जानकारी दिए ।

भट्टराईले विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने बताए ।

माधव नेपाल लगायतका नेताहरुमाथि गरिएको कारवाहीको अर्थ नहुने समेत उनले बताए ।

नेपाल समुहले पछिल्लो समय पार्टी भित्र समानान्तर रूपमा संगठन विस्तार अभियान चलाईरहेको छ ।

प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार  ११ : ५१ बजे