देशभरि फेरि वायु प्रदुषणको मात्रा बढेको छ। सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ। दोस्रो नम्बरमा चितवनको भरतपुर छ। त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ। काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ रहेको छ ।सोमबार बिहान पौने ८ बजेको समयमा काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित शहर रहेको आईक्यूएयरडटकमले जनाएको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिले काठमाडौं, मध्य र पूर्वमा बढी नै मात्रामा तुवाँलो देखिएको छ ।उनका अनुसार अहिले डेढलो सपोर्टमात्रै भए पनि प्रदूषणकै कारणले मुलुकभर असर परेको हो । सबैभन्दा बढी असर काठमाडौंमा परेको छ ।समयमा पानी नपर्दा, हावा हुरी नआउँदा र वायुमण्डल स्थिर हुँदा प्रदूषण बढेको मौसमविद् अर्यालले बताए ।
वायु प्रदुषण बढे पछी गत साता सरकारले देशभरिका विद्यालय बन्द गरेको थियोभने सर्बसाधारणलाई सतर्कता अपनाउन भनिएको थियो








