पछिल्लो २४ घण्टामा देशमा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म मुलुकभर २ लाख ७९ हजार ७ सय २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ जना पुगेको छ ।
२ लाख ७३ हजार ८ सय ८६ संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ संक्रमित निको भएका छन् ।








