पछिल्लो २४ घण्टामा देशमा थप ३६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घण्टामा १४१ सक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ पीसीआर परीक्षण र ६९० जनाको एन्टीजेन परीक्षण भएको छ ।
मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ९६१ रहेको मन्त्रालयले जनाएको छ ।








