कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै



कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपमा दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस अघि गत शुक्रवारका लागि तोकिएको केन्द्रीय समिति आजका लागि स्थगित गरिएको थियो।

बैठक महाधिवशेन केन्द्रीत हुने बताइएको छ।

कांग्रेसमा क्रियाशील सदस्यता बितरणको काम समयमै सम्पन्न नहुदा महाधिवेशनको मितिनै अन्योलमा परेको छ।

आजको बैठकमा महाधिवेशनको मितिबारे थप छलफल हुने बताइएको छ।

प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार  ३ : १६ बजे