शिक्षा मन्त्रालय र सरोकारवालाबीच छलफल शुरु



शैक्षिक संस्थाहरु सञ्चालन गर्ने कि बन्द गर्नेभन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच छलफल सुरु भएको छ ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सचिवालयले मन्त्रालयमा छलफल जारी रहेको जानकारी दिएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट) को संक्रमण उच्च देखिएको भन्दै विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव समेत गरेको थियो ।

 

प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार  ४ : २० बजे