मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ बर्षमा राजु लामाको ‘द मंगोलियन शो’



चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १ गते बुधबार ठमेलको छाँयासेन्टरमा रहेको प्लेब्वाई लन्च एण्ड क्लबमा आयोजना हुन लागेको ‘द मंगोलियन शो’ कार्यक्रममा उनले गीतसंगीतबाट सबैलाई नचाउने भएका हुन् ।

कार्यक्रममा राजुले ‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’लगायत नयाँ तथा पुराना थुपै्र गीतहरु राख्नेछन् । कार्यक्रममा लामाले दर्शकको फर्माइसमा समेत गीत गाउने बताइएको छ ।

नेपाली चलचित्र र गीतसंगीत क्षेत्रका थुप्रै कलाकारको समेत सहभागीता रहने कार्यक्रम नयाँ बर्षमा दर्शकलाई मनोरन्जन दिने उदेश्यले आयोजा गर्न लागेको लन्चका संचालक अमित पौडेलले बताए । हस्पिटालीटी, पार्कीङलगायत बिभिन्न सुबिधा समेत रहेको लन्चमा मंगलोलियन हर्टको प्रस्तुति रहने भएपनि टेबुल बुकिङ समेत हुन थालेको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : २३ बजे