मौसम बदलीयो : हावा हुरी र चट्याङसहित पानी पर्ने,सतर्क रहन मौसमविद्को आग्रह



देशमा आज मौसम बदली भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो । आज देशैभर सामान्य र आंशिकरुपमा बादल लागेको छ ।

आज प्रदेश १, सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भूभागहरुमा केही स्थानमा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मौसम बदली आगामी आइतबारसम्म कायमै रहने छ । शनिबार र आयतबार पनि दिउँसो र रातको समयमा देशका विभिन्न पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जनचट्टयाङ्गहावा हुरीसहित हल्का पानी पर्नेछ ।

हावा हुरीका साथै चट्याङ पर्न सक्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेतसमेत गराएको छ ।

प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार  ३ : ५२ बजे