संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्ने काठमाडौं महानगरपालिकाको निर्णय



कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ।

महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।

महानगरपालिकाले विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनेको छ।

कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : बैशाख ३, २०७८ शुक्रबार  ६ : २० बजे