कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ।
महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।
महानगरपालिकाले विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनेको छ।
कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ।









