गृहमन्त्री रामबहादुर थापा सांसद र मन्त्री दुबै पदबाट पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले उनकोक राष्ट्रिय सभा सदस्य पद खारेज गरेसगै उनि दुबै पदबाट पदमुक्त भएका हुन ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।
संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्न सक्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पनि माओवादीबाट कारवाहीमा परेर सांसद र मन्त्री पद गुमाएका मन्त्रीहरुलाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए ।








