मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओ माई लर्डमा रोमाण्टिक मुडमा देखिए भिम र गरिमा



गायक भिम श्रेष्ठ र मोडेल गरिमा शर्मा अभिनित ओ माई लर्ड शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान ुबाबुुले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। अर्जुन तिवारीले छायांकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।

भिडियो गायक श्रेष्ठको आधिकारिक च्यानल भिम श्रेष्ठ अफिसिएल मार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : २३ बजे