थापाले लिए दोस्रो पटक गृहमन्त्रीको शपथ



आजै गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादलले लगत्तै फेरि मन्त्री पदको शपथ लिएका छन्।पदमुक्त भएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमै गृहमन्त्रीकै जिम्मेवारी दिएका थिए।

बादलले आज साँझ ५ बजे राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् ।

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।

प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार  १२ : ३५ बजे