सरकारले कोरोनाको दोस्रो लहर आएकोले नियन्त्रणका लागि विस्तृत आदेश जारी गरेको छ ।भिडभाड हुने सबै स्थलमा कडाइ गर्दै धार्मिक स्थलमा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ ।आज बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
तेस्तै सरकारले रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ ।
सीसीएमसी बैठकको सिफारिसअनुसार यस्तो निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।उनका अनुसार स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ ।
साथै यातायातमा हुने भिड पनि कम गर्ने सरकारको तयारी छ ।








