मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रियाशील सदस्यता विवरण केन्द्रमा पठाउने समय थप्ने काँग्रेसको निर्णय



नेपाली  काँग्रेसले क्रियाशील सदस्यहरुको विवरण पार्टीको वेबसाइटमा इन्द्री गरिसक्नुपर्ने समय अवधि थप गरेको छ  सोमबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले वैशाख १५ सम्म क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने समय अवधि तोकेको हो।

सोमबारको बैठकले वैशाख १७ सम्म जिल्लाको निर्णयको माइन्युट केन्द्रमा पठाइसक्नुपर्ने कार्यतालिका तोकिएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार अन्य पार्टीबाट काँग्रेसमा प्रवेश गरेकाहरुले यही वैशाख १२ गतेसम्म सदस्यता फार्म लिन पाउने भएका छन्। उनीहरुले वैशाख मशान्तसम्म क्रियाशील सदस्यता फार्म बुझाउनुपर्ने छ।

काँग्रेसको १४ औं महाधिवेशन आगामी भदौ पहिलो साता काठमाडौंमा गर्ने तयारी भइरहेको छ। तर, कार्यतालिका अनुसार काम नहुँदा भदौको महाधिवेशन प्रभावित हुने काँग्रेस वृत्तमा चर्चा छ। यद्यपी महाधिवेशन जसरी पनि भदौमा गर्नुपर्ने संवैधानिक बाध्यता छ।

सोमबारको बैठकमा क्रियाशील सदस्यतामात्र एजेण्डा रहेकाले अन्य विषयमा छलफल नभएको ब ताइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ५० बजे