मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधव नेपाल पक्षीय २७ सांसदलाई सोधियो स्पष्टीकरण



माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव ईश्वरी रिजालले ई जानकारी दिए ।

संघीय सांसदलाई पठाइएको स्पष्टीकरण पत्रमा एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टीको अभ्यास गरेको आरोप लगाउँदै कारवाही किन नगर्ने भनी सोधिएको छ ।

स्पष्टीकरण सोधिएका सांसदहरु

माधवकुमार नेपाल
भीम रावल
सुरेन्द्र पाण्डे
घनश्याम भुसाल
योगेश भट्टराई
सोमप्रसाद पाण्डे
विरोध खतिवडा
यज्ञराज सुनुवार
दिपकप्रकाश भट्ट
कृष्णलाल महर्जन
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
पवित्रा निरौला
झपट रावल
मेटमणि चौधरी
जीवनराम श्रेष्ठ
भवानी खापुङ
नारायण खतिवडा
जयकुमार राई
गणेश पहाडी
हिराचन्द्र केसी
पुष्पाकुमारी कर्ण कायस्थ
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
सरलाकुमारी यादव
नीरादेवी जैरु

कर्णाली प्रदेशका सांसद

प्रकाश ज्वाला
नन्दसिंह बुढा
कुर्मराज शाही
अम्बरबहादुर थापा
देवी ओली

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ३८ बजे