मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविश्वास प्रस्तावको नाम सुन्नेबित्तिकै संसद अन्त्य गर्ने प्रधानमन्त्री ओलि कायर हुन : प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले प्रधानमन्त्री ओलि कायर भएको बताएका छन । अविश्वास प्रस्तावको नाम सुन्नेबित्तिकै संसद अधिबेशन अन्त्य गरेर ओलिले कायरताको परिचय दिएको नेता पौडेलको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रीया दिदै  उनले संसदले टुंग्याउनुपर्ने सयौं मुद्धा छलफलनै नगरि अधिबेशन अन्त्य हुनु गलत भएको दाबी गरेका छन ।

उनले भनेका छन “संसदमा कयौ बिल अलपत्र छन्। टुंग्याउनुपर्ने सयौं मुद्धा छलफलनै भएका छैनन। प्र म संसद भवनको मुखसमेत नहेरी पद जोगाउन दुत्कारेर हिँड्छन् ।अविश्वास प्रस्तावको नाम सुन्नेबित्तिकै आफ्नो कायरता छोप्न अधिबेशन अन्त्य गर्छन्। ”

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ११ : २० बजे