मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै :समर्थन फिर्ता लिने बारेमा छलफल



माओवादी स्थायी कमिटी बैठक आज बुधवार पनि बस्दै छ ।।आजको बैठकका लागि विभिन्न विषयसँग सम्बन्धित ६ बुँदे कार्यसूची तयार गरिएको छ।

बुधवारको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्नेछन्। बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव तथा यसअघि गठन गरिएको संगठनात्मक कार्यदलको कामबारे छलफल हुनेछ। यस्तै, आगामी केन्द्रीय कमिटी बैठकबारे पनि बुधवार बस्ने स्थायी कमिटी बैठकमा छलफल हुनेछ।

बुधवारको बैठकमा नयाँ सरकार गठन र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनको विषयमा पनि छलफल हुने नेता श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : ३९ बजे