मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेव यादव चयन गर्ने कांग्रेस शिर्षनेताहरुको सहमती



नेपाली कांग्रेसले निर्वाचन समितिको संयोजकमा पूर्वमहान्यायाधिवक्ता महादेव यादवलाई चयन गरेको छ ।

कांग्रेस शीर्ष नेताहरूबीच यादवलाई जिम्मेवारी दिने सहमति भएको हो ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेसका पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले निर्वाचन समितिको संयोजक चयन गरेको हो ।

यसअघि निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

आजको बैठकमा आगामी भदौमा हुने १४ औं महाधिवेशनको सन्दर्भमा पदाधिकारी र पूर्वपदाधिकारीहरुबिच महत्वपुर्ण छलफल भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : ३७ बजे