मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरुण दलको प्रदेशस्तरीय सम्मेलन तथा प्रशिक्षण स्थगित



नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगन गरेको छ ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले आज विज्ञप्ति जारी गरी देशभर दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकाले विभिन्न प्रदेशमा गर्न लागिएको तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगन गरिएको बताउनुभयो ।

यही वैशाख १२ र १३ गते गण्डकी प्रदेशको पोखरा र जेठ १ र २ गते प्रदेश नं २ को बारामा प्रदेश सम्मेलन तोकिएको थियो ।

कोरोना सङ्क्रमण नियन्त्रणमा आएर सामाजिक वातावरण सहज भएपछिे नयाँ मिति तोकेर प्रदेश सम्मेलन आयोजना गरिने दलले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : ५७ बजे