नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा एक हप्ता लकडाउन



जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

कोरोना भाइरस संक्रमण बढेको भन्दै जिल्ला प्रशासनले सेवा बन्द गराएको हो ।

उमहानगर क्षेत्रमा बुधबारसम्म ७३५ जना सक्रिय संक्रमित पुगिसकेको र अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेकाले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन गर्न सिफारिस गरेको थियो ।

लकडाउनको समयमा दैनिक उपभोग्य वस्तु ओसार पसार गर्ने सवारी साधन विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार  ९ : ०६ बजे