चर्चित सङ्गितकर्मी कस्तुप पन्तको “सिलौटामा चटनि” बजारमा



चर्चित सङ्गितकर्मी कस्तुप पन्तको गित र सङ्गित रचनामा सिलौटोमा चटनी बोलको नयाँ गित भिडियो सार्बजनिक भएको छ ।पन्तको आफ्नै युट्युब च्यानलबाट गित सार्बजनिक गरिएको हो ।

गितमा कुलेन्द्र बिश्वकर्मा र समिक्ष्य अधिकार्को स्वर रहेको छ भिडियोमा रमजी खाण , कुलेन्द्र बिश्वकर्मा ,ज्योती मगर र प्रीती आलेको अभिनय देख्न सकिन्छ ।गितको भिडियोलाई शङ्कर बिसिले निर्देशन गरेका हुन ।

गितलाई श्रोता दर्शकले मनपराउनेमा आफु ढुक्क रहेको सङ्गितकर्मी पन्तले बताए ।गित सार्बजनिक भएको छोटो समयमै धेरै दर्शक स्रोताले मन पराएको उनले बताए ।

प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार  १० : ११ बजे