एकैदिन २३५१ जनामा संक्रमण पुष्टि, काठमाण्डौमा मात्रै १०५१ जना



पछिल्लो २४ घण्टामा देशमा २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका सङ्क्रमित मध्य काठमाडौं उपत्यकामा मात्र १०५१ जना छन् ।

काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

 

 

प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार  १० : ५० बजे