मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता



एमाले अध्यक्ष एवं प्रधानमन्त्री  केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नागपोखरीस्थित होटल मेरियटमा भएको भेटबार्ता भएको हो ।

संसद् विघटनपछी प्रधानमन्त्री ओली र नेता नेपालबीचको सम्बन्ध बिग्रिएको थियो ।

त्यसपछि नेकपाको एकता सर्वोच्च अदालतले भङ्ग गराएपछिसमेत दुई नेताबीच संवादहीनताको स्थिति थियो ।

नेता नेपालले बालुवाटारमा हुने पार्टीका बैठकमा सहभागी नहुने घोषणा गरेका थिए ।

आज मात्र नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सांसदहरुलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका थिए ।

माधब नेपाल पक्षले ओलिले गर्न लागेको कारबाही रोक्न सर्बोच्चमा रिट दायर गर्ने निर्णय गरिसकेको छ ।

उनीहरूको रिट सर्बोच्चमा आज पेश भए पनि दर्ता भइसकेको छैन।

 

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १ : २३ बजे