एमालेको माधवकुमार नेपालपक्षका नेताले सर्वोच्च अदालतमा दायार गरेको रिट दर्ता भएको छ ।उनिहरुले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी गरेको कारबाही रोक्न माग गर्दै रिट दिएका हुन ।
।
बिहीबार नेपालसहितका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट तिलक थापाको वारेसनामा रिट दर्ता भएको छ ।रिटमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी र अनधिकृत कब्जा गरी आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निस्कासन गर्न खोजेको उल्लेख छ ।
रिटमा ओलीले आफूहरुमाथि गरेको कारबाही अवैधानिक भएको तथा हालै सोधिएको स्पष्टीकरण पनि पार्टी विधानविपरित भएको दावी गरिएको छ । साथै फागुन २८ मा ओलीले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठकका नाममा गरेका निर्णयहरु खारेज गर्न माग गरिएको छ ।








