एमाले बैठक आज बस्दै,नेपाल पक्षमाथि ओलिले कारबाही गर्लान कि नगर्लान ?



नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

यसअघिको बैठकले माधवकुमार नेपाल पक्षका २७ जना संघीय सांसद र पाँचजना कर्णाली प्रदेश सांसदलाई स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरण चित्तबुझ्दो नआए स्पष्टिकरण सोधिएकालाई आजको बैठकले कारबाही गर्ने बताइएको थियो ।

सांसदहरुले स्पष्टिकरण बुझाइसकेका छन् । आजको बैठकले नेपाल पक्षमाथि कारबाही गर्छ या गर्दैन भन्नेमा सबैको चासो केन्दृत छ ।

उनीहरुको जवाफमाथि आजको बैठकमा छलफल र थप कारबाहीको निर्णय हुन सक्ने बताइएको छ ।

यो बिचमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच दुईपटक भेट भएको छ ।

प्रकाशित मिति : बैशाख १०, २०७८ शुक्रबार  ३ : २७ बजे