जनता समाजवादी पार्टी, नेपाल स्थापनाको एक वर्ष पूरा भएको छ । स्थापनाको एक वर्ष पुगेको अवसरमा पार्टीका संघीय परिषद् अध्यक्ष एबम पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले एकताताको तस्विर राख्दै शुभकामना दिएका छन् । उनले जसपालाई भित्री तथा बाहिरी आँधीबहेरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याउनुपर्ने धारणा राखेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले लेखेका छन्-“जनता समाजवादी पार्टी स्थापनाको एक बर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता-अभियन्ता,समर्थक र जनसमुदायमा हार्दिक वधाइ तथा शुभकामना! हिमालपहाडतराई-मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रूपमा स्थापित जसपालाई सबै भित्री-बाहिरी आँधीबहेरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याऔं!”
जनता समाजवादी पार्टी स्थापनाको एक बर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता-अभियन्ता,समर्थक र जनसमुदायमा हार्दिक वधाइ तथा शुभकामना! हिमाल/पहाड/तराई-मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रूपमा स्थापित जसपालाई सबै भित्री-बाहिरी आॅधीबेहरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याऔं! pic.twitter.com/uqoH3OKnLg
— Baburam Bhattarai (@brb1954) April 23, 2021










