जनताको सपना पुरा गर्न सके मात्रै लोकतन्त्र सार्थक : प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले समुन्नत नेपाल निर्माणका लागि  सबैले लोकतन्त्रको रक्षागर्नुपर्ने बताएका छन ।

लोकतन्त्र दिबसको अबसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदै नेता पौडेलले यस्तो बताएका हुन ।

नेता पौडेलले लोकतन्त्रको हृदयमा सधैं आम मान्छेहरुको सपना अट्नुपर्छ भन्दै जनताको सपना पुरा गर्न सके मात्रै लोकतन्त्र सार्थक हुने उल्लेख गरेका छन ।

सुशासन,पारदर्शिता, अनुशासन,नैतिकता र जिम्मेवारी लोकन्तन्त्रको सौन्दर्यता भएको स्मरण गराउदै उनले सुशासन,पारदर्शिता, अनुशासन,नैतिकता र जिम्मेवारी सहितको लोकतन्त्रबाट मात्रै समुन्नत नेपाल निर्माण हुन सक्ने बताएका छन ।

नेता पौडेलले लोकतन्त्र दिबसको अबसरमा सबैलाई शुभकामना समेत ब्यक्त गरेका छन ।

प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार  ७ : ३१ बजे