कंचनपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।आज मात्रै कोरोनाका कारण २ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भिमदत्त नगरपालिका १८ का ४० बर्षीय पुरुषको र भिमदत्त नगरपालिका ४ कै ५० बर्षिया महिलाको सेती प्रदेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
एक हप्ता अगाडी भारतको ईन्दौर बाट आएका पुरुषलाई गत बिहिवार अस्पताल भर्ना गरिएको थियो । उनलाई शुक्रवार कोरोना पुष्टि भई आईसियूमा राखेर उपचार गर्दागर्दै शुक्रवार दिउँसो १ बजेतिर मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा । गोविन्द रोकायाले जानकारी दिए । फोक्सोमा समस्या तथा अक्सिजनको मात्रा घटेको कारणले उनको मृत्यु भएको उनले बताए ।
हाल मृत्यु भएकी महिलालाई भने बिहिवार उपचारको लागि सेती प्रादेशिक अस्पताल पुर्याईएको थियो । शुक्रवार उनमा कोरोना पुष्टि भएपछि उनलाई पनि आईसियुमा राखेर उपचार भईरहेको अवस्थामा फोक्सोमा समस्या आई स्वासप्रस्वासमा समस्या भएपछि मृत्यु भएको चिकित्सकले बताएका छन् ।
यो संगै कञ्चनपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ भने, प्रदेशमा मृतकको संख्या ६१ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुुर डोटीले जनाएको छ ।








