आइतबार ३ हजार १२२ जना सङ्क्रमित थपिए,काठमाडौँमा मात्रै ११३२



पछिल्लो २४ घण्टामा देशमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ।

गता २४ घण्टामै २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तेसैगरी २४ घण्टामा ४५० जना निको भएका भएका छन्।

योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार  १० : ५२ बजे