पछिल्लो २४ घण्टामा देशमा ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।
तेस्तै पछिल्लो २४ घण्टामै काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।
यस्तै बुधबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससगै देशमा कुल मृतक संख्या ३,२११ जना पुगेको छ ।








