कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सत्तारुढ दल र नेताहरुले राजनीतिलाई लाचारिताको उत्कर्षमा पुर्याएको बताएका छन ।
जनता कोरोना महामारिको चपेटामा परेको बेला पछिल्लो समय गण्डकी प्रदेश लगायतमा सत्ता जोगाउन भईरहेका अनेक हत्कण्डाहरुप्रती सङ्केत गर्दै सामाजिक सञ्जालमार्फत नेता पौडेलले यस्तो बताएका हुन ।
नेता पौडेलले महामारीको बेलामा पनि जनताका निम्ति प्रतिवद्ध हुन नसक्नेले कसरी जनप्रतिनिधि भन्न सक्छन् भन्दै प्रश्न गरेका छन ।
उनले राजनिती र नेताहरु जनताको नजरमा उठ्नै नसक्नेगरी गिर्दा पनि कुनै आत्मालोचना नभएको भन्दै सरकार र सत्तारुढ नेताहरुको आलोचना गरेका छन ।पौडेलले थप भनेका छन “सत्ता जोगाउन सबैखाले हत्कण्डा प्रयोग गर्ने ब्यक्ति र पार्टी लोकतन्त्रका शत्रु हुन ।”
पछिल्लो समय बढ्दो कोरोना सङ्क्रमणकाबिच केन्द्र देखी प्रदेश सम्मका सरकारहर सत्ता जोगाउन बिगतमा गैह्र्कानुनी कार्यमा लागेर जेल सजाय भोगिरहेकाहरुलाई रिहा गर्ने देखी लिएर अन्य सबैखाले हर्कतहरु गर्न तम्सिएका छन ।








