पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालियो



राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएपछी उनलाई आइसियूमा राखेर उपचार थालिएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको छ।

यसअघि वैशाख ७ गते कोरोनाभाइरसको संक्रमण भएपछी पूर्व राजा सहित उनलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

नर्भिकमै उपचारारात पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०७८ बिहिबार  ४ : ३२ बजे