पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । उनलेसामाजिक संजाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन ।
ट्विटरमा उनले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमित भए पनि त्यस्तै असहज नभएको र आफ्नो ख्याल गरिहेको उल्लेख गरेका छन्।
उनले प्रश्न गर्दै भनेका छन्”समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?’”
आज आफ्नैबारे;
सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो। उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु। समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त?— Daman Nath Dhungana (@daman_nath) April 29, 2021










