मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गीतकार प्रल्हाद शाहको ‘सयौं कारण’ मा सुपुष्पा र दिपक (भिडियो)



गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। परानै दिन्छु,मंगली,सरला जस्ता चर्चित गीतका रचनाकार प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रामकृष्ण ढकालको आवाज तथा हरी लम्सालको संगीत रहेको छ।

गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरे फिचर्ड छन्। अनिल के मानन्धरले छायाँकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। रोमान्टिक नम्बरको गीतको भिडियोलाई निर्देशक शाहीले आकर्षक बनाएका छन्।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १० : ०४ बजे