कोरोना सङ्क्रमण देखिएपछी नर्भिक अस्पताल भर्ना गरिएकी पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।
उनलाई हिजोबाट जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।
उनमा श्वासप्रश्वासको समस्या र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ ।
कोरोना सङ्क्रमणा परेका पूर्व राजारानी गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।








