पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार थालियो



कोरोना सङ्क्रमण देखिएपछी नर्भिक अस्पताल भर्ना गरिएकी पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।

उनलाई हिजोबाट जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

उनमा श्वासप्रश्वासको समस्या र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ ।

कोरोना सङ्क्रमणा परेका पूर्व राजारानी गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार  ५ : ३४ बजे