शुक्रबार ५७ सय २७ जनामा संक्रमण पुष्टि , ३३ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ५७ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ

यस्तै २४ घण्टामा ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यससगै ज्यान गुमाउनेको कुल संख्या ३ हजार २८९ पुगेको

पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् ।

यससगै निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

देशमा हाल ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।

हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार  १० : ४२ बजे