पछिल्लो २४ घण्टामा देशमा ५७ सय २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ
यस्तै २४ घण्टामा ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यससगै ज्यान गुमाउनेको कुल संख्या ३ हजार २८९ पुगेको
पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् ।
यससगै निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।
देशमा हाल ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।
हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको छ ।








