स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
आज गरिएको परीक्षणबाट श्रीमति सहित स्वास्थ्यमन्त्री ढकाललाइ कोभिड१९ संक्रमण भएको हो ।
हाल उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमै आराम गरिरहेको मन्त्री ढकालले सामाजिक सञ्जाल ट्विटरमार्फट जानकारी दिएका छन ।
आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।
— Bhanu Bhakta Dhakal (@dhbhanu) May 2, 2021














