प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला र निजी अस्पताललाई कोभिड अस्पताल बनाउने बताएका छन । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै यसको जानकारी गराएका हुन् ।
‘ठूला र निजी अस्पताललाई कोभिड अस्पताल बनाइनेछ,’ प्रधानमन्त्री ओलीले भने । वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका धेरै शैय्या भएका मेडिकल कलेज ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने प्रधानमन्त्रीले जानकारी दिए ।










