कांग्रेस पदाधिकारी बैठक बस्दै



कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

यसअघी हिजो बोलाईएको पदाधिकारी बैठक पार्टिका बरीष्ठ नेता रामचन्द्र पौडेल  अस्वस्थ भएपछी  स्थगित गरिएको थियो।

आजको बैठकमा पछिल्ला राजनितिक घटनाक्रम, पार्टीको आगामी १४ औँ महाधिवेशन तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

तेस्तै  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे बिषेस छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार  ४ : ४६ बजे