राष्ट्रियसभा उपचुनाव : डा . खिमलाल देवकोटा बिपक्षी गठबन्धनबाट उम्मेदवार



राष्ट्रियसभा सदस्यको उप निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एमाले माधव नेपाल समूहले डा. खिमलाल देवकोटालाई साझा उम्मेदबार बनाउने निर्णय गरेको छ

।मंगलबार साँझ काग्रेस सभापति शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव नेपाल र जसपा नेता उपेन्द्र यादव बीच डा. देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति भएका हो ।

राष्ट्रियसभा सदस्य एव गृहमन्त्री रामबहादुर थापाले दल परिवर्तन गरेपछि माओबादी केन्द्रले उहाँको सांसद पद रिक्त गराएको थियो ।

राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेले गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

 

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार  ८ : ५४ बजे